Logo
६ बैशाख २०८१, बिहीबार
(October 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ ।

अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले बताएको छ ।आयोगले आरोपीहरुसँग २ लाख ६० हजार ९०० बिगो मागदावी लिएको छ ।

आर्थिक वर्ष २०७५-७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा कामभन्दा बढी रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

आयोगले फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल, गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखा परीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेललाई विपक्षी बनाएको छ ।

प्रकाशित मिति: Oct 1, 2021

प्रतिक्रिया दिनुहोस्