ओलीले भने : ‘मेरो नेतृत्व सरकार असफल बनाउन प्रचण्ड र माधवले घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको विरुद्ध सरकार प्रचण्ड र माधवले घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरेको आरोप लगाएका छन् । ओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।
ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’
उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले आफुहरु एमालेमा नै क्रियाशील हुनुपरेको बताए ।
उनले नेकपा विभाजन भएपनि एमालेले नेकपाको विरासत बोकेको बताए । बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल लगायत तिनै पात्रहरू क्रियाशील थिए, जसले ७४ पछि मेरो नेतृत्वको असफल बनाउन उसैगरी घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे’, सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने ।
आफैले प्रस्ताव गरेको आफ्नो पार्टी सम्मिलित सरकारले नाकाबन्दीको समाना र पारवहन सन्धिजस्ता दुरगामी उपलब्धि गरेको सरकारलाई ढाल्न प्रचण्डद्वारा अविश्वासको प्रस्ताव पेश गरियो ।
यो षडयन्त्र प्रचण्ड लगायतका नेताहरुभित्र निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो’, ओलीको भनाई छ ।