Logo
८ बैशाख २०८१, शनिबार
(September 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनबाट आज र्‍यालीसहित फक्सवागन टाइगुन काठमाडौं भित्रिदै

भरतमा केही दिन पहिले सार्वजनिक गरिएको फक्सवागन टाइगुन एसयूभी नेपाल भित्रिएको छ । भैरहवाको सुनौली नाका हुँदै भित्रिएको एसयूभी हाल चितवन पुगेको छ । आज एक र्‍यालीका साथ सो एसयूभी काठमाडौं भित्रिदै छ ।

नेपालमा फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले आगामी आइतबार एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गर्ने योजना बनाएको छ ।

नेपाली बजारमा यो निकै नै प्रतीक्षा गरिएको एसयूभी हो । ९९९ सीसीको टर्बो-चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिनयुक्त फक्सवागन टाइगुनले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।

टाइगुन एसयूभीको लन्चिङ पश्चात फक्सवागनको मिड-साइज कम्प्याक्ट एसयूभीका लागि व्यग्रतापूर्वक प्रतीक्षारत नेपाली कार प्रेमीहरुको प्रतीक्षाको घडी समाप्त हुनेछ ।

उत्तर अमेरिकामा अवस्थित घना र बाक्लो टाइगा जंगलको नामबाट टाइगुन एसयूभीको नाम राखिएको र भारतमा एमक्यूबी-एओ-आईएन प्लेटफर्ममा उत्पादन गरिएको कारण यसले युरोप र एसिया दुवैको ‘टेस्ट’ दिन्छ ।

फक्सवागन ब्रान्डको सेफ्टी, बिल्ड क्वालिटी र फन-टु-ड्राइभ एक्सपेरियन्स जस्ता कोर डीएनएलाई टाइगुनले पनि पछ्याएको छ । यसमा फक्सवागनका अन्य ब्रान्ड अलस्पेस, द टिगुआन र टी-रक जस्तै ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज प्रयोग गरिएको छ ।

जो ब्यक्ति बोल्ड छ, सफलताका लागि ड्राइभ गर्न रमाउछ, आफ्नो आकांक्षालाई सोकेश गर्न डराउदैन, आफ्नो उपस्थितिको सबैमाझ पहिचान कायम राख्न सक्छ र आफ्नो अनुपस्थितिमा समेत सबैको प्रशंसक बन्न चाहन्छ, ती सबैका लागि फक्सवागन टाइगुन उपयुक्त छ ।

फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ ।

द अल न्यु एसयूभी टाइगुन वास्तवमा पहिले नै चाइनिज र युरोपियन बजारमा राम्रो प्रभाव जमाउन सफल एसयूभी टी–रकबाट प्रभावित कन्सेप्टमा आधारित छ ।

त्यसैले टी-रकले प्राप्त गरेको प्रिभिलेज अनुसारकै स्पेसल ट्रिटमेन्ट टाइगुनमा समेत उपलब्ध गराइएको छ । यसले गर्दा ९९९ सीसी मात्र इन्जिन क्षमता भएर पनि पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टको मामिलामा टाइगुनको क्षमता कुनै पनि हिसाबले कम छैन ।

नेपाली बजारमा फक्सवागन टाइगुनको मूल्य ५१ लाख रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ । नेपाल अटो

 

प्रकाशित मिति: Sep 30, 2021

प्रतिक्रिया दिनुहोस्