Logo
७ बैशाख २०८१, शुक्रबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धुले राजीनामा दिएसँगै ट्रेन्ड भइन् अर्चना, रोचक मीम्समा दिइन् यस्तो प्रतिक्रिया!

भारतीय नेता कांग्रेस नेता नवजोत सिंह सिद्धूले मंगलबार पञ्जाब कांग्रेस पदबाट राजीनामा दिएसँगै अर्चना पुरन सिंह ट्रेन्ड हुन थालेकी छन् ।

नवजोत सिंह सिद्धूले मंगलबार पञ्जाब कांग्रेस पदबाट राजीनामा दिएर सबैलाई चकित पारी राजनीतिक फाँटमा एकातिर सिद्धु ट्रेन्ड भइरहेका छन् भने यस्तै मनोरञ्जन जगतमा अर्चना पुरन सिंह छाएकी छिन् । अब सिद्धुको राजीनामा पछि अर्चना किन ट्रेन्ड हुन थालिन्? यसको जवाफ हो ‘कुर्सी’ ।

सोसल मिडिया प्रयोगकर्ताले द कपिल शर्मा शोमा अर्चना कुर्सीमा सिद्धुको राजीनामापछि खतरा निम्तिएको बताएका छन् । अर्चनाको विषयमा थुप्रै मीम्स भाइरल हुन थालेका छन् । यी मीम्समा अर्चनाले प्रतिक्रिया पनि दिएकी छिन् ।

 के भनिन् कुर्सीमाथि खतराबारे ?

यसअघि अर्चना पूरन सिंहले द कपिल शर्मा शोमा आफ्नो कुर्सीमाथिको संकटबारे प्रतिक्रिया दिएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘कसले भन्छ कि मेरो कुर्सीमाथि खतरा छ । म त भन्छु नै, जुन कुर्सी त्यहाँ नवजोतले छोडेका छन्, त्यो कुर्सीबाट मलाई खतरा हुनुपर्छ । यसै पनि म कुर्सी कब्जा गर्ने विषयमा बदनाम छु, त्यसैले डर मलाई होइन, ती मानिसलाई लाग्नु पर्छ, सायद मेरो नजर अब त्यो कुर्सीमा हुनसक्ला । म यसलाई पनि रमाइलोको रुपमा हेरिरहेकी छु । म यतिमात्रै भन्न चाहन्छु कि यो सबै रमाइलो छ । मलाई थाहा छैन कि कुन कुर्सीमा मेरो र नवजोतको नाम जोडिएको छ । मैले त आफ्नो कुर्सीलाई बलियोसँग सम्हालेर राखेकी छु ।’

रोचक मीम्समा कस्तो छ अर्चना पूरन सिंहको प्रतिक्रिया ?

आजतकसँगको कुराकानीमा अर्चनाले भनिन्, ‘मैले थुप्रै मीम्स देखेकी छु । मैले तीमध्ये धेरै ट्वीट रिट्वीट गरेकी छु । मीम्स साह्रै रमाइला छन् । मलाई असाध्यै खुसी लागेको छ कि भारतीयको यति राम्रो सेन्स अफ ह्यूमर छ । राजनीति, क्रिकेट र मनोरञ्जन सधैं एक–अर्कासँग सम्बन्धित हुन्छन् । यो तीनै चिजको सम्मिश्रण निकै शानदार हुन्छ । नवजोत सिंह सिद्धु र मेरो कुरा गर्नुपर्दा यसमा राजनीति पनि छ, क्रिकेट पनि छ र मनोरञ्जन पनि छ ।’

‘यसमा मानिसहरुले प्रतिक्रिया नजनाउने भन्ने पनि हुन्छ रु मलाई त असाध्यै मज्जा आयो । नवाजोत सिंह सिद्धुले त्यहाँ पञ्जाबमा राजीनामा दिए र यहाँ देशभरी कपिल शर्मा शो र अर्चना पूरन सिंह ट्रेन्ड भइरहेको छ । यो साँच्चै नै मज्जाको छ ।’एजेन्सी

 

 

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्