Logo
७ बैशाख २०८१, शुक्रबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : प्रदेशसभा अधिवेशन असोज २० गते आह्वान, मुख्यमन्त्री राउतले विश्वासको मत लिने

प्रदेश नं २ मा असोज २० गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि प्रदेशसभाको अधिवेशन अधिवेशन आह्वान गरिएको हो ।

अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ ।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ ।

सरकारको विपक्षमा  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले रहने छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने जनाइसकेको छन् ।

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्