Logo
८ बैशाख २०८१, शनिबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु, कयौँ बेपत्ता

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए ।

घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

 

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्