Logo
६ बैशाख २०८१, बिहीबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज २३ गतेदेखि तारा एयरले पोखरा-जोमसोम रुटमा उडान भर्ने

यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि पोखरा-जोमसोम उडान गर्ने भएको छ । दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको हो ।

कोरोना महामारीका कारण बन्द रहेका धार्मिक स्थल र पर्यटकीय स्थलहरु खुल्न सूरु भए संगै हवाई सेवा पनि सुचारु हुने भएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको जनाएको छ ।

कम्पनीका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाका अनुसार चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा-जोमसोम उडान नियमित सञ्चालन गर्न लागिएको हो ।

जहाज पोखरा विमानस्थलमा नै राखिने भएको छ । यहाँ तारा एयरको १९ सिटे विमानले उडान गर्ने भएको छ ।विगतमा ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान गरेको थियो ।

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामध्ये ताराले पोखरा, नेपालगञ्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्