Logo
१३ बैशाख २०८१, बिहीबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर महानगर कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

नेपाली कांग्रेसको १४औ महाधिवेशन भरतपुर महानगरपालिकाको  सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।

आज सकिएको मतगणनाबाट ६४९ मत ल्याएर अधिकारी भरतपुर महानगरको सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिमा उम्मेदवारी दिएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत अर्जुनप्रसाद रिजालले २६ मत र वचन कार्कीले ७५ मत पाएका थिए ।

कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठका अनुसार चितवनको ७ वटा पालिकाहरुमा नयाँ निर्वाचित समिति आएको छ ।

भरतपुर महानगरपालिकामा अधिकारी, रत्ननगर नगरपालिकामा प्रलाद सापकोटा, खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, कालिका नगरपालिकामा दिपेश्वर केसी,माडी नगरपालिकामा कोमलनाथ भुषाल, राप्ती नगरपालिकामा देवेन्द्र लामा र ईच्छाकामना गाउपालिकामा कृतिकुमार श्रेष्ठ विजयी भएका हुन् ।

नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् ।

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्