Logo
१५ चैत्र २०८०, बिहीबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमेडियन कपिल शर्माको उजुरीपछि डिजाइनरका छोरा पक्राउ

भारतीय चर्चित कमेडियन कपिल शर्मा विवादको कारण समय समयमा विवादमा तानिने गर्छन् । कपिल आफ्नो शो बाहेक कहिले–कहिले विवादको कारण पनि भारतीय बजारमा चर्चा बटुल्ने कलाकारमै पर्छन् ।

कपिल शर्माको एक पुरानो उजुरीको आधारमा कार डिजाइनर दीलीप छावडियाको छोरा हाल पक्राउ परेका छन् । २०१७ मा कपिल शर्माले छाबडियाको वैनिटि वैन बनाउनको लागि ५ करोड २ लाख रुपैयाँ दिएका थिए । तर उनले वैनिटी वैन हालसम्म प्राप्त भएको छैन् ।

केही दिन अगाडी कपिल शर्माविरुद्ध एक वकिलले एफआइआर दर्ता गरेका थिए । उनले कपिल शर्मामाथि अदालतमा अपमान गरेको आरोप लगाएका छन् ।

कपिल शर्माको अनुसार छाबडियालाई मार्चबाट मे महिना सम्ममा ५ करोड रुपैयाँ दिएका थिए । २०१९ सम्म कुनै प्रक्रिया अगाडी नबढेपछि नेशनल कम्पनी ट्रिब्युनलले अप्रोच गर्यो ।

छावडियाले उल्टै २०२० मा १ करोड २० लाख रुपैयाँ वैनिटी पार्किग चार्जको लागि कपिलसँग माग गरे । त्यसपछि कपिलले प्रहरीलाई उजुरी दिएका हुन् ।

दीलीपको छोरालाई सोधपुछको लागि प्रहरीले बोलाएको हो । उनलाई प्रहरीको सवालमा प्रश्न गरेपछि पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्