Logo
७ माघ २०८१, सोमबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा भारतीय अधिकारकर्मी कमला भासिनको निधनप्रति शोक प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय अधिकारकर्मी कमला भासिनको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेकी छन् । साथै उनले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत शोक व्यक्त गर्दै महिला अधिकार अभियन्ता, कवि एवं लेखक भासिनको निधनको खबरले आफू ज्यादै दुःखी भएको बताएकी हुन् ।

विशेष गरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि भासिनले पुर्‍याएको योगदान चिरस्मरणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले ट्विटरमार्फत लेखेकी छन्, ‘प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता‚ कवि एवं लेखक मेरो मित्र कमला भसिनको निधनको खबरबाट स्तब्ध भएको छु। विशेषगरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चीरस्मरणीय रहने छ। स्व. भसिनप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा समवेदना!’

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्