Logo
१५ चैत्र २०८०, बिहीबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाठेघर झिकिएकी महिलासँग यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिलाको यौन अंगको मुख्य भागमध्ये पाठघर पनि एक हो । जब महिलाको पाठेघरमा समस्या आउँछ त्यसपछि उसको यौन जीवनमा परिर्वतन आउने गर्छ ।

सामान्यतया महिलाको पाठेघरको क्यान्सर भएपछि मात्र पाठेघर शरीरबाट निकालिने गरिन्छ अर्थात पाठेघर बढी मात्रामा फूल्दै गएर विरामीलाई अप्ठेरो बनायो भन्ने पाठेघर निकालिन्छ ।

पाठेघर कहिले काही आफै पनि खस्ने गर्छ त्यसलाई चलन चल्चीका भाषामा आङ खस्नु पनि भनिन्छ । यदि महिलाको आङ खस्ने समस्या भएपनि पाठेघर निकाल्ने गरिन्छ ।

तर हामी कतिलाई कौतुहल्ता भएको हुन्छ कि पाठेघर झिकिएको महिलासँग यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन भनेर आज हामी त्यसबारे जानकरी दिन गइरहेका छौं ।

चिकित्सकहरु महिलाको पाठेघर झिकिएको भए पनि योनिमार्ग भने झिकिएको हुँदैन त्यसकारण यौनसम्पर्क गर्न हुन्छ तर आङ खसेर योनिमार्गबाट पाठेघर झिकिएको अवस्थामा योनिमार्ग सानो हुन सक्छ। त्यस्तो अवस्थामा यौनसम्पर्क गार्‍हो वा पीडादायक हुन सक्दछ  र सामान्यतया अरु अबस्थामा शल्यक्रिया गरेर पाठेघर झिकिए पनि यौनसम्पर्क गर्न मिल्ने र सामान्य हुन्छ  ।

पाठेघरसँगै अण्डाशयहरू पनि झिकेको अवस्थामा वा पाठेघर झिकेको धेरै समयपछि कसै-कसैमा यौनसम्पर्क गर्दा चिप्लोपन कम भै पीडादायक हुन सक्छ भन्ने चिकित्सकहरुको भनाई रहेको छ  । यद्यपि यसको उपचार सम्भव छ ।

प्रकाशित मिति: Sep 24, 2021

प्रतिक्रिया दिनुहोस्