Logo
१३ बैशाख २०८१, बिहीबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘द भ्वाइस किड्स नेपाल’का ४ निर्णायक सार्वजनिक

गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ का ४ जना निर्णायक सार्वजनिक भएका छन् ।

बिहीबार ‘द भ्वाइस किड्स नेपाल’ ले  फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो ।‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।

कार्यक्रममा ६ देखि १४ वर्ष सम्मका बालबालिकाहरुले भाग लिएर आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नसक्ने आयोजकले जानकारी दिएको छ ।

नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयासका साथै नेपाली बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो कार्यक्रम ल्याईएको जनाइएको छ ।

प्रकाशित मिति: Sep 24, 2021

प्रतिक्रिया दिनुहोस्