Logo
७ बैशाख २०८१, शुक्रबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका इन्दिरा जोशीले खुम्बुमा पुगेर ‘सुटुक्क’ गरिन् इन्गेजमेन्ट !

गायिका इन्दिरा जोशिले इन्गेजमेन्ट गरेकी छन् ।गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए।

इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। उनीहरूको इन्गेजमेन्ट भएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडिओ क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो।

क्याप्टेन थापाले भिडिओको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना!’आफूले सार्वजनिक रुपमा अहिलेसम्म यो विषयमा केही नबोलेकी इन्दिरालाई बधाईको ओइरो लागेको छ।

@captbibek“Wish you both happy life ahead” @indirajoshi99 ##engagementceremony ##tiktoknepal ##foryoupage ##captbibek ##lifeisbeautiful ##bestofluck ##fypシ ##khumbu

♬ original sound – ⊙☂🐞ξ®¡×👅

प्रकाशित मिति: Sep 24, 2021

प्रतिक्रिया दिनुहोस्