Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

कर्णाली प्रदेश अन्तर्गत रहेको सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा बुधबार विहान आगो लगाएका छन् ।

स्थानीय  एक युवकले कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् । आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए ।

बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको सुनारले बताए ।प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

आफू पनि पनि घटना स्थल मै भएको र लामिछानेको खोजीकार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

घटननाबारे थप अनुसन्धान भइरहेको उनले बताए । नगरप्रमुख देवकुमार सुवेदीले लगायतको टोलीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् ।

प्रकाशित मिति: Sep 22, 2021

प्रतिक्रिया दिनुहोस्