आज पाँच प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना !
आज देशका पाँच प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।
भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको रहेकोले महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको र बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।
साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम तथा पूर्वानुमान महाशाले जनाएको छ।
वर्षाका कारण स्थानहरुका पहाडी भू९भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । वर्षका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोलेसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।