Logo
१२ बैशाख २०८१, बुधबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखलाई बास्कोटाको प्रश्न : एमालेका १४ सांसदलाई कारबाही गर्न नमिल्ने कहाँ लेखेको छ ?

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटालाई एमालेका १४ सांसदलाई कारबाही गर्न नमिल्ने भनेर कहाँ लेखेको छ भनि प्रश्न गरेका छन् । साथै बास्कोटाले माओवादीका अध्यक्ष प्रचण्डकै इशारामाले एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको आरोप लगाएका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले प्रचण्डकै इशारामा सभामुखले एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको बताएका हुन् ।

‘उहाँले हुँदै नभएको प्रचण्ड धारा प्रयोग गरेर कारबाही गर्न मिल्दैन भन्नुभयो उनले भने, ‘नमिल्ने भनेर कहाँ लेखेको छ ? प्रतिनिधिसभा नियमावलीमा छ? कि कुन धारामा छ ?’

सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसद् अवरुद्ध गरिरहेको बताए । सभामुखले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्दा एकै घण्टामा र माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायत ४ सांसदलाई कारबाही गर्दा ४८ घण्टाभित्र सूचना जारी गरेको बास्कोटाले बताए । ‘एमालेको निर्णय मात्र अवज्ञा गर्नुपर्ने कहाँ लखेको छ ? सभामुख न्यायाधीश हो र? सभामुख फैसलाकर्ता हो ?’

नेता बास्कोटाले सभामुखले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने बताए ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्