Logo
८ बैशाख २०८१, शनिबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानका महिलालाई जति सक्दो छिटो स्कूल जान अनुमति दिन्छौं : तालिबान

अफगानिस्तानमा तालिबानले महिलालाई सकेसम्म छिट्टै विद्यालय फर्कन अनुमति दिने बताएको छ ।तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले आफूहरुले जतिसक्दो छिटो महिलालाई विद्यालय जाने अनुमति दिने बताएका हुन् ।

मुजाहिदले भने, ‘हामी यसलाई अन्तिम रुप दिइरहेका छौं । जतिसक्दो छिटो हामीले यसबारे निर्णय गर्नेछौं ।’साथै तालिबानका प्रवक्ताले केही अन्य मन्त्रालयबारे पनि घोषणा गरेका छन् ।तर अहिलेसम्म महिलासँग सम्बन्धित कुनै पनि मन्त्रालयबारे घोषणा भएको छैन ।

तालिबानको पछिल्लो शासनमा महिलामाथि अति क्रुर र भेदभावपूर्ण व्यवहार गरिएको थियो ।उनीहरु विद्यालयसमेत जान वञ्चित थिए । यद्यपि, तालिबानले यसपटक भने आफू फेरिएको बताउने गरेको छ ।

महिलासँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउने गरेको तालिबानले महिलालाई उच्च ओहदा भने नदिइने स्पष्ट पारिसकेको छ ।तर पनि तालिबानको शासनमा महिलाको भूमिका र अवस्था कस्तो होला भनेर धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्