Logo
१३ बैशाख २०८१, बिहीबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

गण्डकी प्रदेश स्थित बागलुङको जैमिनी नगरपालिका-७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङमा लागेर अन्य तीन जना घाइते भएका छन् ।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन् । उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्