Logo
१३ बैशाख २०८१, बिहीबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको आज पनि सुनुवाइ

माधव कुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदै छ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा टुङ्गिएको थियो ।

हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो ।आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गरेका थिए।

कानुनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्