Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय तस्कर समूहद्वारा कञ्चनपुरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई कुटपिट

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरमा भारतीय तस्करको समूहले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई कुटपिट गरेका छन् ।

गएराती दोधारा चाँदनी नगरपालिका ८ सुन्दरगरस्थित बिओपिमा ड्युटीमा रहेका सशस्त्र प्रहरी जवान सुदिप सुनारले चेकजाँच गर्न खोज्दा तस्करले कुटपिट गरेका हुन् ।

करीब दश जनाको समूहले भारतबाट मोटरसाइकलमा चिनी लगायतका सामग्री तस्करी गरी नेपाल ल्याईरहेको बेला चेक गर्दा उनीहरुले कुटपिट गरेका हुन ।

यसअघि, कैलालीमै तस्करको समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या गरेका थिए ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्