Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व बैङ्कले प्रदान गर्ने सहयोग नेपालको आवश्यकता र प्राथमिकता अनुसार खर्च हुन्छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व बैङ्कले प्रदान गर्ने सहयोग नेपालको आवश्यकता र प्राथमिकता अनुसार खर्च  हने बताएका छन् ।

प्रधानमन्त्री देउवा र विश्व बैङ्कको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसँग सोमबार भएको भेटवार्ताबीच सो कुरा बताएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैङ्कले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले विश्व बैङ्कले नेपाललाई कोभिड-१९ विरुद्धको खोप खरिद, कोभिड-१९ पछिको परिस्थितिसँग जुध्न तथा भूकम्पपछिको पुनर्निर्माणलगायत क्षेत्रमा गरेको सहयोगका लागि उपाध्यक्ष सेफरलाई धन्यवाद दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

विश्व बैङ्कको सहयोगमा हाल नेपालमा दुई दर्जन बढी विभिन्न आयोजना सञ्चालित छन् ।उनले विगतमा नेपालको कार्यक्षेत्र मात्र हेर्ने गरी विश्व बैङ्कको कार्यालय स्थापना भएकामा गत वर्षदेखि नेपाल, भुटान र श्रीलङ्काको समेत कार्यक्षेत्र हेर्ने गरी उपक्षेत्रीय कार्यालयमा स्तरोन्नति गरिएकामा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्