Logo
५ कार्तिक २०७८, शुक्रबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ संक्रमणमुक्त र ८ को मृत्यु

आज देशभर थप १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरीएको १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर थप २९५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी संक्रमणमुक्त हो । त्यस्तै कोरोनाका कारण ८ जनाको मृत्य भएको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्