एमालेको विरोधकैबिच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै विरोधकोबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ ।
एमालेको नाराबाजीका बिच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विधेयकको शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेस गरे ।
सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेस गरे । एमालेको नाराबाजीका बिच विधेयक बहुमतले पारित भएको हो ।