Logo
८ बैशाख २०८१, शनिबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : थप चार जनाको संलग्नता, आज सार्वजनिक गर्ने

प्रदेश नं १ स्थित संखुवासभामा भएको सामुहिक हत्याकाण्डमा थप ४ जना व्यक्तिहरुको संलग्नता देखिएको छ ।

संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । अन्य केही व्यक्तिहरू माथि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो ।उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, ‘केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएका छौँ । आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ ।’

गएको भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।

५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

 

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्