Logo
१३ बैशाख २०८१, बिहीबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणका लागि एक अर्ब दिने

सरकारले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको कामलाई तत्काल अगाडि बढाउन एक अर्ब उपलब्ध गराएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पुनस्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ ।

काठमाडौंउपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी बाढी पहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजनाको पुनस्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्य योजना सरकारलाई बुझाएको थियो ।

समितिले मेलम्चीको पुनस्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्य योजना सरकारसमक्ष पेस गरेको थियो ।

सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता भएसँगै सम्बद्ध निकायहरूसँग छलफल गरी आयोजनाको काम अगाडि बढाउने तयारी भइरहेको समितिका एक सदस्यले जानकरी दिएका छन् ।

सकेसम्म यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी समितिले बताएको छ ।

बर्खा सकिने बित्तिकै आयोजनाको पुनस्निर्माणको काम सुरु गरिने बताउँदै समितिले मेलम्चीमा बाढी पहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको स्पष्ट  पारेको छ ।

मेलम्चीको पानी काठमाडौँ ल्याउन तत्काल दुई वटा अस्थायी सुरुङ र हेडवक्र्सको मर्मत तथा पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

आयोजना स्थल पुग्न मुख्य प्रवेश मार्गमा तीन वटा र अम्बाथान क्षेत्रमा पाँच वटा पुल निर्माण गर्नुपर्ने छ । अम्बाथानमा रहेको २९८ मिटर अस्थायी ‘डाइभर्सन टनेल’लाई सफा गर्नुपर्ने देखिएको छ ।

समितिले भन्यो , ‘यसअघि जुन प्रणालीबाट पानी ल्याइएको थियो, सोही प्रणालीबाट पुनः पानी ल्याउन सकिन्छ तर त्यसका लागि सबैभन्दा पहिले अम्बाथानमा रहेको ‘अडिट टनेल’ र ‘डाइभर्सन टनेल’ सफा गर्नुपर्ने हुन्छ ।’

असार १ गते आएको बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँच वटा पुल बगाएको थियो ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्