Logo
५ कार्तिक २०७८, शुक्रबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतसँगको रक्षा वार्ता फ्रान्सद्वारा अस्वीकार

बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले बताएको छ । बेलायती रक्षामन्त्री बेन वालेन्स र फ्रेञ्च रक्षामन्त्री फ्लोरेन्स पार्लेबीच यसैसाता लण्डन तय भएको वार्तामा नबस्ने घोषण फ्रान्सले गरेको हो ।

अमेरिका, अष्ट्रेलिया र बेलायतबीच भएको एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसंग वार्तामा बस्न समेत अस्वीकार गरेको छ ।

त्रिदेशीय सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससंग सन् २०१६ मा ३७ अर्ब डलरमा १२ वटा पनडुब्बी किन्ने सहमति तोडेपछि फ्रान्स क्रुद्ध बनेको हो। सुरक्षा सहमति अनुसार अब अष्ट्रेलियाले अमेरिकी पनडुब्बी खरिद गर्ने छ ।

उक्त सम्झौतालाई फ्रेञ्च विदेशमन्त्री जाँयब्स ल दरियनले पछाडिबाट गरिएको छुरा प्रहारको संज्ञा दिएका छन् । परिणातः फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतलाई समेत फिर्ता बोलाएको छ ।

उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने फ्रान्सको सट्टा अमेरिकासंग पनडुब्बी किन्ने निर्णयको बचाऊ गरेका छन् ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्