Logo
४ बैशाख २०८१, मंगलबार
(September 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा ९ सयभन्दा बढीलाई विभिन्न पदवीबाट विभूषित गरिँदै, स्वर्गीय भट्टराईलाई नेपाल रत्न प्रदान

सरकारले संविधान दिवसको अवसरमा ९ सयभन्दा बढी व्यत्तिलाई विभिन्न मान पदवी, अलंकार र विभूषणबाट आज सम्मान गर्दै छ ।

सबैभन्दा ठूलो सम्मान सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिने भएको छ ।  यस्तै दोस्रो ठूलो राष्ट्रगौरव विभूषण नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिइने भएको छ ।

तेस्रो ठूलो महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण दिवंगत नेताहरु तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा, स्वर सम्राट नारायण गोपाल र वामपन्थी नेता मोहनचन्द्र अधिकारीलाई दिइने छ ।

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणी र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्वल कीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित गरिने भएको छ ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री पाउनेमा प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंह रहेका छन् । यस्तै महालेखा परीक्षक टंकमणि शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि प्रबल जनसेवाश्री पदक पाएका छन् ।

यस्तै सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ । पहिलो पटक प्रतिनिधिसभा विघटनको मुद्धालाई बदर गर्ने सबै न्यायाधीशहरु विभूषित हुने भएका हुन् ।

यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई पनि सर्वोच्चका न्यायाधीशहरु सरहको प्रबल जनसेवाश्री पदक दिइएको छ ।

यस्तै मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि सोही पदक पाएका छन् ।प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पनि प्रबल जनसेवाश्री पाएका छन् ।

प्रकाशित मिति: Sep 19, 2021

प्रतिक्रिया दिनुहोस्