आज देशभर थप १५५८ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु
२४ घण्टामा देशभरमा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर परिक्षण गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन परिक्षण गर्दा ४७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप १ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।अहिलेसम्म देशभर ४० लाख ७७ हजार २५६ नमुनाको पीसीआर परीक्षण भएको छ ।
हाल देशभरका क्वारेन्टाइनमा २३६ जना र २५ हजार ४९७ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।