Logo
१२ बैशाख २०८१, बुधबार
(September 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जामन्त्री भुसाल र युएई राजदूतबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हम्दन अल-न्वाबीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटवार्तामा भुसारल र अल-न्वावीबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको स्रोतले जनाएको छ ।

सो अवसरमा राजदूत अल-न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए ।

उनले आगामी नोभेम्बर १५-१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो अवसरमा राजदूत अल-न्वाबीले मन्त्री भुसालले यूएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरिन्।

जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गरिन् ।

उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिन् ।

उनले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताइन् । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएयीमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन्।

उनले कोभिड-१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको जनाउँदै मन्त्री भुसालले यूएयी सरकारप्रति धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति: Sep 17, 2021

प्रतिक्रिया दिनुहोस्