Logo
८ बैशाख २०८१, शनिबार
(September 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिल्पालाई शर्लिनको कटाक्ष : पतिको सम्पतिबारे थाहा छैन भन्नुमा कति सत्यता छ आफै अनुमान लगाउनुहोस् !

पछिल्लो समयमा भारतमा पोर्नोग्राफी प्रकरण बढ्दो देखिएको छ । यसलाई नियन्त्रण गर्नको लागि प्रहरी लागि परिरहेको छ । त्यही क्रममा बलिउडकी अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र पोनोग्राफि प्रकरणमा पक्राउ परी अहिले कुन्द्रा जेल जीवन कटाइरहेका छन् ।

राज कुन्द्रामाथि अश्लील फिल्म बनाएर ओटीटी प्लेटफर्म बेचेको आरोप छ । यो केसमा शिल्पा शेट्टीले मुम्बई क्राइम ब्रान्चमा आफ्नो बयान पनि दर्ता गरेकी थिइन् ।

शिल्पाले आफ्नो बयानमा आफूलाई राज कुन्द्राको व्यवसायबारे केही पनि थाहा नभएको बताएकी थिइन् । उनका अनुसार उनले राजलाई उनको व्यापारबारे न त सोध्थिन्न नै राज कुन्द्राले उनलाई केही भन्थे । उनले आफू काममा अति नै व्यस्त भएका कारण पनि यसबारे थाहा नपाएको बताइन् ।

शिल्पाले बयानमा भनेकी थिइन् ‘वियान इन्डस्ट्रिजमार्फत् हटशट एप बनाइएको थियो भनेर मलाई बल्ल थाहा हुँदैछ र पोर्न भिडियो यसमार्फत् नै बनाइन्थ्यो । जुन प्रदीप बक्शीको कम्पनी केनरिनलाई बेचिएको थियो । म आफ्नो काममा असाध्यै व्यक्त थिएँ र म मेरो श्रीमानलाई के गरिरहेको छौ भनेर सोध्ने बानी पनि थिएन । उनले मलाई आफ्नो कामबारे कहिल्यै केही पनि बताउँदैनथे । मलाई यसबारे केही पनि थाहै छैन । ’

अभिनेत्री शिल्पा शेट्टीकोको बयानप्रति अर्की अभिनेत्री शर्लिन चोपडाले भिडियो मार्फत प्रतिक्रिया दिएकी छन् । उनले सोसल मिडियामा एउटा भिडियो सेयर गरेकी छिन् । स्मरण रहोस्, शर्लिन चोपडाले राज कुन्द्राविरुद्ध थुप्रै बयान दिएकी छिन् ।

भिडियो सेयर गरेर शर्लिनले भनिन्, ‘शर्लिनले भिडियोमा भनिन्, ‘केही मिडिया रिपोर्टका अनुसार दिदिले उनलाई आफ्ना पति देवका यी क्रियाकलापबारे केही थाहै नभएको बताएकी छिन् । अझ दिदिले त उनका पति देवका चल-अलच सम्पत्तिको स्रोतको जानकारी पनि नभएको बताएकी छिन् । अब यो कुरामा कत्तिको सत्यता छ यसको अनुमान तपाई आफैं लगाउन सक्नुहुन्छ ।’

प्रकाशित मिति: Sep 17, 2021

प्रतिक्रिया दिनुहोस्