Logo
१३ बैशाख २०८१, बिहीबार
(September 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन घट्यो तोलामा १४ सयले सुनको मूल्य

नेपाली बजारमा पछिल्लो समयमा सुनको मूल्यमा उचारचढाव आइरहेको छ । शुत्रबार सुनको मूल्य तोलामा एक हाजार ४ सयले घटेको छ ।

बिहीबार तोलमा ७ सयले घटी ९० हजार पाँच सय रुपैयाँ तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

आज ११ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 17, 2021

प्रतिक्रिया दिनुहोस्