Logo
१५ चैत्र २०८०, बिहीबार
(September 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट दसैँका लागि यी ३९ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

सरकारले आजबाट ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।

देशभर ३९ स्थानमा सुपथ मूल्यका पसल रहनेछन्। सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने छ । दसैँ-तिहार-छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ।

सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ।सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने तयारी रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामान राख्ने छन्।

पसलबाट चिनी, नुन, चामल, खसी-बोका, घ्यू, पनिरजस्ता सामान सुपथ मूल्यमा किन्न सकिनेछ । उक्त पसलमा चामल किनेमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी-बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइनेछ।

प्रकाशित मिति: Sep 17, 2021

प्रतिक्रिया दिनुहोस्