Logo
१२ बैशाख २०८१, बुधबार
(September 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभरका केही स्थानमा वर्षाको सम्भावना

आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सामान्य बदली भई मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ७ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: Sep 17, 2021

प्रतिक्रिया दिनुहोस्