Logo
७ बैशाख २०८१, शुक्रबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म आफ्नो काममा असाध्यै व्यक्त थिएँ !मेरो श्रीमानले के गरिरहेका छन् थाहै भएन : शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र पोर्नोग्राफी केसमा पक्राउ परेका छन् । पछिल्लो सयमा कुन्द्रामाथी प्रहरीले अनुसन्धान गरी रहेको छ । राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो ।

शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत जानकारी प्राप्त गरेको भन्दै उनले प्रहरीसमक्ष के–कस्ता कुरा गरेकी थिइन् भनेर एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

उक्त सञ्चार माध्यमका अनुसार आफ्नो बयानमा शिल्पा शेट्टीले सन् २०१९ मा कुन्द्राले कम्पनी आर्म्सप्राइम मिडिया जोइन गरेको बताइन् ।स्रोतले बताए अनुसार राजले त्यतिबेला शिल्पालाई कामथ छुट्टै गहना वशिष्ठसँग काम गर्ने र पार्ने भिडियो बनाएर त्यसलाई बेच्ने गरेका कारण उनी पक्राउ परेको बताएका थिए ।

यो कम्पनी पूनम पाण्डे जस्ता ती नायिकाको उत्तेजक भिडियो अपलोड गर्ने गर्दथ्यो । यसलाई उनीहरुले आफ्नो मर्जीले बनाउने गर्दथे ।शिल्पाले आफूले आरोपी उमेश कामथलाई चिन्ने बताएकी थिइन् किनभने उनी उनको कम्पनी वियान इन्डस्ट्रिजमा काम गर्दथे । फेब्रुअरीमा जब उनी पक्राउ परेका थिए तब शिल्पाले राजसँग उनीबारे कुरा गरेकी थिइन् ।शिल्पाले आफ्नो बयानमा उनलाई एप्लिकेशन बलीफेमबारे केही पनि थाहा नभएको बताइन् ।

शिल्पाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘वियान इन्डस्ट्रिजमार्फत् हटशट एप बनाइएको थियो भनेर मलाई बल्ल थाहा हुँदैछ र पोर्न भिडियो यसमार्फत् नै बनाइन्थ्यो । जुन प्रदीप बक्शीको कम्पनी केनरिनलाई बेचिएको थियो । म आफ्नो काममा असाध्यै व्यक्त थिएँ र म मेरो श्रीमानलाई के गरिरहेको छौ भनेर सोध्ने बानी पनि थिएन । उनले मलाई आफ्नो कामबारे कहिल्यै केही पनि बताउँदैनथे । मलाई यसबारे केही पनि थाहै छैन । ’

शिल्पा शेट्टीले लण्डनमा बिग ब्रदरको सुटिङ गरिरहेका बेला साथी फारत हुसैनमार्फत् राज कुन्द्रासँग भेट भएको बताइन् । सन् २००९ मा उनीहरुको सम्बन्ध विवाहमा परिणत भएको थियो । त्यतिबेला देखि नै उनीहरु भारतमा बसिरहेका छन् र थुप्रै व्यवसाय गरिरहेका छन् ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्