Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाग मारेपछि नागिनले आतंक मच्चाउँदा एक जनाको मृत्यु, २५ जना घाइते !

काहानीमा भन्ने गरिन्छ यदी कसैले नाग मार्यो भने त्यसको अगिनाको खरानी पनि नष्ट हुन्छ र नागले बदला लिन आउँछन् भनेर हामीलाई बुढापाका अग्रजहरुले भन्नु भएको थियो ।नागिनको साथी नागलाई मारेको बदलामा नागिनले आतंक मच्चाएको फिल्ममा मात्र देखेका छौ । तर, भारतको उत्तर प्रदेशमा वास्तविक घटना घटेको छ ।

यो घटना उत्तर प्रदेशको बहराइचस्थित रुपईडिहा थानाको बाबागज इलाकामा भएको घटना हो । नागिनले नागको मृत्युपछि नगिनले २६ जनालाई टोकीसकेकी छिन् । मिडिया रिपोर्टको अनुसार नाग पंचमीको दिनमा नाग मारेको रिसमा नागिनले मानिसहरुललाई डसेकी हुन् ।

गाउँका सबै मानिसहरुले नाग पंचमीको दिनमा नाग मारेको रिसमा नागिनले गाउँमा आतकं मच्चाएको बताएका छन् ।गाउलेका अनुसार बहराइचको खेतमा पानी लिन गएका मानिसहरुलाई विषालु सर्प निस्किएर टोकेको थियो ।

सर्पले शंकरपुर, चिलबिल,बेलभरिया सहित केही गाउँमा २ दर्जन भन्दा बढी पशुहरुलाई टोकेपछि कसैले सर्पलाई मारेको थियो ।उक्त सर्प (नाग) लाई मारेपछि नागिनले २६ जना मानिसहरुलाई डसेको र २६ जना मध्ये एक जनाको मृत्यु भएको छ ।एजेन्सी

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्