Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री आलियाको कठिन योगको तस्वीर भयो भाइरल !

बलिउडकी चर्चीत अभिनेत्री मध्ये अभिनेत्री आलिया भट्ट एक हुन् । उनले दर्शको सामु धेरै राम्रो फिल्महरु दिइसकेकी छन् ।अभिनेत्री आलिया काम साथै आफ्नो फिटनेसको निकै ध्यान राख्ने गर्छिन् ।

फिटनेसका लागि आफूले गर्ने गरेको योगका तस्बिर तथा भिडियोसमेत फ्यानका साथ शेयर गरिरहन्छिन् । हालै अभिनेत्रीले योग गरेको केही तस्बिर शेयर गरेकी छन् । जुन निकै भाइरल भइरहेको छ ।

तस्बिरमा अभिनेत्रीले रिङको सहारामा कठिन योग गरेको देख्न सकिन्छ । यो गर्दै गर्दा उनको बडी निकै लचकदार देखिएको छ । उनको फिटनेश तस्बिरले धेरैलाई चकित तुल्याएको छ । तस्बिरमा फ्यानले निक्कै लाइक वर्षाएका छन् ।

पछिल्लो समयमा अब आलिया छिट्टै फिल्म ‘ब्रहस्त्र’मा देखिदैछिन् । फिल्ममा अभिनेत्रीको साथ रणवीर कपुर, अमिताभ बच्चन र मौनी रायको समेत अभिनय देख्न सकिन्छ ।

यसको अलवा उनी ‘रकी और रानीकी प्रेम कहानी’, ‘आरआरआर’, ‘गंगुबाई काठियावाडी’, ‘तख्त’ लगायतका फिल्ममा समेत देखिनेछिन् ।

 

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्