Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्टलक्ष्मीले भनिन् : ‘एमाले विभाजनविरुद्ध हामी एकजुट बनौं ! विगतमा जस्तो अब कहिल्यै नहोस्’

नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले विभाजनविरुद्ध एकजुट बनी विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस् भनेकी छन् ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले देशको राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंले एमालेमात्र नभएर एमालेबाहिरकालाई पनि एमाले झन् बलियो छ भनेर सन्देश दिइएको बताइन् ।

शाक्यले भनिन्, ‘कमरेडहरू, हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन, मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो । कति रातभर सुत्न सकिन । अब हामी एमाले विभाजनविरुद्ध एकजुट बनौं । विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस् ।’

माधव नेपाललाई छाडेर एमालेमै बसेकी शाक्यले माओवादीसँग एकीकरणपछि तीन महिनाभित्र सबै कमिटीहरू बनाउने भनिए पनि त्यो नहुँदा पार्टी संगठन अस्तव्यस्त र अराजकतामा फसेको बताइन् ।

अदालतले फैसला गरेपछि आफूहरू एमाले हुन नपाउँदा जिन्दगीमा सबैभन्दा पीडा भएको सुनाउँदै १० बुँदे सहमतिले आफूहरू एमाले हुन पाउँदा सबभन्दा खुसी भएको शाक्यले बताइन् ।

शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरसस् पालना गर्दै सबै कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै नेतृत्वले ठूलो छाती बनाउनुपर्ने बताइन् ।शाक्यले प्यानलगत चुनावले एमाले कमजोर भएको भन्दै अब कहिल्यै पनि प्यानल बनाएर चुनाव लड्न नहुने प्रस्ताव आफ्नो रहेको बताइन् ।

एमाले बलियो हुनुपर्छ भनिरहँदा नेतृत्वबीच पनि एकता हुनुपर्ने भन्द शाक्यले ओलीलाई फराकिलो छातीका साथ नेतृत्व गर्न आग्रह गरिन् ।

 

 

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्