Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने

एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन् । हिजो मात्रै मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्रि आर्चायले असोज २२ गते विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मत लिने योजनामा रहनु भएका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक समेत आह्वान गरेका छन् ।

त्यस्तै, आर्चायले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरेका छन् ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण समेत गराएका छन् । यो सँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्