Logo
६ बैशाख २०८१, बिहीबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमजी मोटर्सको मिड साइज एसयुभी ‘एस्टर’ सार्बजनिक

एमजी मोटर्सको बहुप्रतिक्षित मिड साइज एसयुभी एस्टरलाई आज सार्बजनिक गरिएको छ । यो एसयुभीलाई कम्पनीले अर्को महिना अर्थात अक्टोबर मध्यतिर भारतीय बजारमा औपचारिक लन्च गर्ने बताएको छ ।

एमजी मोटर्सकै प्रिमियम एसयुभी हेक्टरभन्दा केही सानो यो एसयुभीको लुक्स तथा डिजाइन भने एमजी जेडएस इभी बाट प्रेरित रहेको देख्न सकिन्छ ।

यो एसयुभीमा कम्पनीले सेग्मेन्टकै पहिलो फिचर्स अन्तर्गत ‘एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम’को लेवल टु लाई प्रयोगमा ल्याएको छ ।

यो प्रबिधीलाई भारतमा एमजी मोटर्सले ग्लोस्टर र महिन्द्राले एक्सयुभी ७०० मा समेत प्रयोग गरिसकेको छ । जसले एडप्टिभ क्रुज कन्ट्रोल, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमरजेन्सि ब्रेकिङ र स्पिड एसिस्ट लगायत अन्य सेफ्टि फिचर्सलाई राम्रोसंग सञ्चालन गर्न मद्धत गर्छ ।

एस्टरमा कम्पनीले हेक्जागोनल ग्रिल उपलब्ध गराएको छ । जसले अगाडीको लुक्सलाई एकदमै आकर्षक र स्पोर्टी देखाएको छ । यसको फग ल्याम्प र हेड लाइट हाउजिंग समेत नयाँ छ ।

डायमन्ड कट अलोई ह्विल्सले यसको लुक्समा निखार दिएको छ ।यो सेग्मेन्टका अन्य एसयुभीको तुलनामा आफूलाई अब्बल साबित गर्न एस्टरमा अन्य प्रसस्तै नयाँ प्रबिधी र आधुनिक फिचर्स समेत उपलब्ध गराइएको छ ।

यसको १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा जीओ ई(सिमलाई कनेक्ट गरिएको छ । साथै आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा भ्वाइस कमान्ड गर्न सकिन्छ ।

यसको टप मोडलमा पानारोमिक सनरुफ, हिटेड ओरभिएमस्, डिजिटल कि, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६ तरिकाले इलेक्ट्रिकल्लि एडजस्ट गर्न मिल्ने ड्राइभर सिट जस्ता फिचर्स उपलब्ध छ । यसको इन्टेरियरमा ३ वटा कलर अप्सन रहेको छ ।

एस्टर १.५ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रोल इन्जिन र १.३ लिटर टर्बो पेट्रोल गरी दुई इन्जिन अप्सनमा उपलब्ध छ । जसमध्ये पहिलो इन्जिन अप्सनको अधिकतम पावर ११० एचपी र टर्क १४४ एनएम रहेको छ ।

त्यसैगरी टर्बो पेट्रोलको पावर १४० एचपी र टर्क २२० एनएम रहेको छ । १.५ लिटर पेट्रोल इन्जिनमा म्यानुअल गियरबक्स को साथै ८ स्टेप सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ भने टर्बो पेट्रोल चाहिँ ६ स्पिड अटोमेटिक गियरबक्समा मात्र उपलब्ध छ ।

यो एसयुभीले हाल बजारमा उपलब्ध यहि सेग्मेन्टका हुन्डाई क्रेटा, किया सेल्टोस, निशान किक्स, रेनो डस्टर, स्कोडा कुसाक र छिट्टै सार्बजनिक हुन गैरहेको फक्सवागन टाइगुनसंग प्रतिस्पर्धा गर्नेछ ।

यसको मुल्य भारतीय बजारमा १० लाख रुपैयाँबाट शुरु हुने अनुमान गरिएको छ । भारतीय बजारमा औपचारिक लन्च लगत्तै यो एसयुभी नेपाली बजारमा समेत भित्रिने र मूल्य ५० लाख हाराहारीबाट सूरु हुने अनुमान लगाउन सकिन्छ । नेपाल अटो

 

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्