Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरेलसहित चार जनाविरुद्ध अपहरण तथा शरीर बन्धक बनाएको भन्दै विमला वलीद्वारा मुद्दा दायर

लुम्बिनी प्रदेश सभासदस्य विमला कुमारी खत्री वलीले लुम्बिनी पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन् ।

गत श्रावण १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन् ।

जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाही माग गरिएको छ ।

वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि भएको छ । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता २०७४ को व्यवस्था छ ।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्