Logo
१२ बैशाख २०८१, बुधबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकीकृत समाजवादी पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौंमा बस्ने भएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो।

नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको छ।

पार्टीका अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इन्चार्ज तथा केही विभाग गठन गरिएको छ।

पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्