Logo
७ बैशाख २०८१, शुक्रबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदबाट बजेट पारित नहुँदा केही समय खर्च गर्ने अवस्था नहुन सक्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले संसदबाट  बजेट पारित नहुँदा केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुनपनि सक्ने बताएका हुन् ।

उनले भने – ‘अब विधेयक पारीत गर्न छलफल, वार्ता, सहमती हामी गरिराखेका छौँ । सहमती हुँदा त्यसलाई हामी सहमती अनुसार पारीत गर्छौ । नहुँदा नियमित प्रक्रिया पुर्‍याएर पारीत गर्छौ । पारीत गर्न केही समय ग्याप रह्यो भनेपनि त्यसपछि खर्च गर्ने हुन्छ । केही समयमा खर्च गर्ने अवस्था नहुन पनि सक्छ । तर हाम्रो कोसिस वार्ता, संवादतिर चलिराछ ।’

उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको उनले बताए  । अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यस अन्तर्गत कर उठिराख्ने पनि बताए । ।

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्