Logo
५ आश्विन २०७८, मंगलबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाको बीएस६ यामाहा एमटी-१५ दसैं सम्म आउने

यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका विभिन्न मोडल मध्ये एमटी-१५ को बीएस६ इन्जिनयुक्त मोडल दसैं सम्म नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले उक्त मोटरसाइकल चाडपर्वलाई लक्ष्यित गरी दसैं सम्म नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।

यद्यपि यामाहाका दुई मोडल एफजेड-एक्स १५० र एफजेडएस भी३ भने दसैं सम्म नेपाली बजारमा उपलब्ध हुने सम्भावना कम देखिएको छ । हालै बढाइएको अन्तशुल्कले समेत यसमा असर पार्ने भएको छ भने नेपाल भित्र्याउने तयारी थालेको भए पनि तिहार सम्ममा पनि नेपाली बजारमा उपलब्ध हुने सम्भावना समेत कम हुँदै गएको कम्पनी स्रोतले बताएको छ ।

एमटी-१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

पहिले बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी-१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन गरिएको छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ ।

डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।रासस

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्