Logo
११ बैशाख २०८१, मंगलबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल पदका लागि पार्टी छोडेर पतनको बाटोमा लागे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले एमाले पार्टी छोडेको आरोप लगाएका छन् । साथै ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधवकुमार नेपालले भूमिका खेलेको आरोप लगाएका हुन् ।

मंगलबार झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देशलाई बनाउन एमाले सरकारबाट हट्ने होइन सरकारमा सहभागी हुनुपर्ने बताए ।

उनले पार्टी पदका लागि मरिहत्ते गर्न नहुने बताए । उनले भने, ‘पदका लागि सबैकुरा छोड्नु हुँदैन । पदकै लागि माधव नेपालले एमाले पार्टी छोडे । उनी पतनको बाटोमा लागे ।’

फरक प्रसंगमा नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधवकुमार नेपालले भूमिका खेलेको आरोप लगाए।उनले भने,’उहाँ कमरेड माधवकुमार नेपाल होइन । एमाले विरोधी जनविरोधी माधव नेपाल हो ।’ उनले माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई नअलमलीन आग्रह गरे ।

उनले भने, ‘प्रचण्डको पछि लागेर जिन्दगी बरबाद नगर्न माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई आग्रह गर्छु । देश बनाउन आउनुहोस् ।’

 

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्