Logo
१५ चैत्र २०८०, बिहीबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती गाइका ब्रिटनी स्पेयर्स २७ वर्षीय युवकसँग विवाह गर्दै

बेलायतकी लोकप्रीय गायिका ब्रिटनी स्पयेर्सले २७ वर्षीय युवकसँग विवाह गर्ने भएकी छन् । उनले आफ्नो ५ वर्षयताका केटासाथी साम अस्गरीसँग विवाह गर्न लागेकी हुन् ।

दुवैले विवाह पक्का गरेका छन् । एक अर्कालाई औंठी लगाइदिएका छन् । ब्रिटनी ३९ वर्षकी भइन् । अस्गरी मात्र २७ वर्षका छन् । दुवैबीच १४ वर्षको फरक छ ।

इरानको राजधानी तेहरानमा जन्मिएका अस्गरी १२ वर्ष हुँदा अमेरिका पुगेका थिए । उनी कलाकार हुन् ।ब्रिटनीले भने दुईपटक विवाह गरी पारपाचुके गरिसकेकी छिन् ।

उनले सन् २००४ मा बाल्यकालका साथी जासोन अलेक्जेन्डरसँग विवाह गरेकी थिइन् । तर, यो जोडी लामो समय जम्न सकेनन् । पारपाचुकेपछि उनले केभिन फेडरलिनसँग विवाह गरिन् । दुवैबाट दुई बच्चाको जन्म भयो ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्