Logo
४ बैशाख २०८१, मंगलबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु

पाकिस्तानमा भिषण वर्षा हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ ।

सोही वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् ।

वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ । उद्धारको काममा खटेका यहाँका अधिकारीहरुले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन् ।

एकै ठाउँमा निकै ठुलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ । कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने, केही घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्