Logo
११ बैशाख २०८१, मंगलबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको अवरोधकै बीच राष्ट्रियसभा बैठकमा लोकसेवा आयोगसम्बन्धी विधेयक पेस

एमालेका सांसदको अवरोधकैबीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेस गर्न अनुमति दिए ।

त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेस गरे । बैठकको सुरुमा नै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

तर अध्यक्ष गणेश तिमिल्सिनाले एमाले सांसदलाई ‘यहाँको कुरा सम्बन्धित सबैलाई जानकारी छ । ढिलो चाँडो निकास पनि आउने नै छ’ भन्दै बैठक अघि बढाएका हुन् ।

विधेयकको प्रतिवेदन पेस गरेपछि सोमबारको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्