Logo
१३ बैशाख २०८१, बिहीबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पत्ति जफतको अहिलेसम्म कुनै औपचारिक सूचना प्राप्त छैन : अफगान केन्द्रीय बैंक

अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको बताएको छ ।

डीबीएले आइतबार दिएको एक वक्तव्यमा भनिएको छ, ‘अहिलेसम्म ‘दा अफगानिस्तान बैंक’ले यस बैङ्कको मौद्रिक सञ्चितलाई फ्रिजिङ गर्नेसम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त गरेको छैन र बैंकलाई विदेशी सञ्चारमाध्यमको रिपोर्टका आधारमा अफगानिस्तानी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमार्फत यसबारे जानकारी गराइएका छन् ।’

अगस्तमा तालिबानले काबुल कब्जा गरेपछि धेरै ग्राहकहरूले आफ्नो बचतलाई बैंकबाट निकाल्न लामो लाइनमा बस्नुपर्ने बाध्यता भएको छ ।

अमेरिकाद्वारा अफगानिस्तानी बैङ्कको सम्पत्ति जफत गर्ने र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा घोषणा गरिएको रकम रोकिएको रिपोर्टले अफगानीहरू माझ चिन्ता बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

गत महिना डीबीएले मध्य एसियाली देशका सबै बैंकहरूलाई ग्राहकका लागि २० हजार अफगानीहरूको साप्ताहिक निकासी सीमा निर्धारण गर्ने आदेश जारी गरेको थियो।

डीबीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा अफगानिस्तान बैङ्क’ले अफगानिस्तानका सम्पन्न नागरिकहरूलाई व्यावसायिक बैङ्कहरूमा आफ्नो निक्षेपको सुरक्षाको हुने विश्वास दिलाउन चाहन्छ ।

गत आइतबार अफगानिस्तानका अधिकांश बैंकले वित्तीय सेवामा झन्डै हप्ता लामो अवरोध अन्त्य गर्दै मुलुकमा बैङ्किङ सेवा पुनः सञ्चालनमा ल्याएका छन् । तर बैंकको पैसा जफत हुने समाचारपछि निक्षेपकर्ताले आफ्नो रकम झिक्न थालेपछि बैङ्कमा ग्राहकहरूको लामो लाइन लाग्न थालेको छ ।रासस

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्