Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नबिल बैंकले गरेको क्षमायचना, एनआइसी एशियाले हटाएको त्यो फेसबुक पोस्ट केहो ?

नबिल बैंकले ऋषि पञ्चमीका अवसरमा शनिबार महिलाहरुलाई शुभकामना दिएको विषयमा आलोचना भएको भन्दै क्षमायाचना गरेको छ।

उक्त शुभकामनालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि बैंकले उक्त शुभकामनाप्रति क्षमा मागेको हो। बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘ऋषि पञ्चमीको अवसरमा यस बैंकको आधिकारिक सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको सन्देश महिला सशक्तीकरण तथा लैंगिक समानता विपरीत हुन गएकोमा यस बैंक क्षमाप्रार्थी छ। रजस्वला एक पवित्र प्राकृतिक प्रक्रिया हो, यस लगायत सामाजिक न्यायको हरेक सवाललाई यस बैंक सदैव सम्मान गर्दछ। आगामी दिनमा यस बैंकबाट प्रसारित तथा प्रकाशित हरेक सामाग्री लैंगिक समानतालाई ध्यानमा राखि प्रसारित–प्रकाशित गरिने हामी प्रतिबद्धता व्यक्त गर्दछौँ।’

नबिल बैँकको शुभकामना सन्देशमा लेखिएको थियो, ‘ऋषि पञ्चमी पौराणिक कथन अनुसार नारीहरुले रजस्वला हुँदा जानेर वा नजानीकनै गरेका जति पनि पापहरु छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषि पञ्चमी व्रत बस्ने गरेको विश्वास छ।’

यस्तै एनआइसी एशिया बैंकले पनि ऋषि पञ्चमीका दिन महिलाहरुलाई दिएको शुभकामना आलोचित भएपछि बैँकले उक्त शुभकामना सन्देश हटाएको छ। शुभकामनामा लेखिएको थियो- ‘ऋषि पञ्चमी अर्थात् महिलाहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन। आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरुले रजस्वला हँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धिका लागि पूजा अर्चना गर्दछन्।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्