Logo
१३ बैशाख २०८१, बिहीबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता रणवीरको फिल्म ‘सर्कस’ मा अभिनेत्री दीपिका दोहोरिने

बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सर्कस’ मा अभिनेत्री दीपिका पादुकोणको भूमिका दोहोरिने भएको छ । फिल्म ‘सर्कस’ मा रणवीरकी श्रीमती दीपिकाको ‘चेन्नई एक्सप्रेस’ मा ‘मीनम्मा’ को भूमिका दोहोरिने भएको हो ।

‘सर्कस’ मा दीपिकाको क्यामियो भूमिका रहनेछ । यो फिल्म विलियम शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’ मा आधारित छ ।

यो फिल्ममा रणवीर र दीपिकाका साथै वरुण शर्मा, पूजा हेगडे र ज्याकलिन फर्नान्डिज आदिको मुख्य भूमिका रहनेछ ।

फिल्म सन् २०२२ मा रिलीज हुनेछ ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्